काठमाडौं- कर्णाली प्रदेशमा २ जना कोरोना संक्रमित थपिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएकोे परीक्षणमा २ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
जुम्लाका १ र रुकुम पश्चिमका १ जना रहेका छन्। कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ६७ पुगेको छ।
२४ घन्टामा कर्णाली प्रदेशमा १ जना संक्रमित निको भएर घर फर्किएका छन्। कर्णालीमा निको भएर घर फर्किनेको संख्या १ हजार ९ सय १४ पुगेको छ।
कर्णाली प्रदेश सरकारका अनुसार १ सय ४७ जना संक्रमितको विभिन्न आइसोलेसनमा उपचारत रहेका छन्।
अहिलेसम्म कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।