काठमाडौं- देशभर हाल ५ सय ३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा ५ सय ३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै बागमती प्रदेशमा १ सय ११, प्रदेश २ मा ९८, प्रदेश १ मा ९३, सुदूरपश्चिम प्रदेशमा १२ र कर्णाली प्रदेशमा ८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।