काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन जना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा थप २ जनामा संक्रमण देखिएको छ।
बुधबार र शुक्रबार गरी करिब तीन सय जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २ जनामा सक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले स्वास्थ्य मन्त्रालयका कार्यालय सहयोगी र मन्त्रालय परिसरभित्रै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सवारी चालकमा संक्रमण देखिएको हो।