ललितपुर- पाटन अस्पतालको निर्देशकमा डा रवि शाक्य नियुक्त भएका छन्। अस्पतालको मानसिक रोग विभागका प्रमुख डा शाक्यलाई आज निर्देशकको जिम्म्वारी दिइएको हो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले डा शाक्यलाई निर्देशक नियुक्त गरेको हो। निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।
यसअघि अस्पतालमा डा विष्णुप्रसाद शर्मा निर्देशक थिए। उनको कार्यकाल शुक्रबारबाट सकिएको हो।