काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड १६ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड १५६लाख ७२ हजार १ सय ८६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५४ लाख ३ हजार २ सय ५४ पुगेको छ। त्यस्तै ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ भारतमा २५ लाख ८९ हजार ६ सय ८२ र रुसमा ९ लाख २० हजार ७ सय १९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ७५ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ७५ हजार २ सय ४४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७० हजार २८, ब्राजिलमा १ लाख ७ हजार ८ सय ५२, मेक्सीकोमा ५६ हजार ५ सय ४३ ,बेलायतमा ४६ हजार ७ सय ९१ , इटालीमा ३५ हजार ३ सय ९६ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ३५ लाख ९४ हजार ९ सय जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २६ लाख ५५ हजार १७ , अमेरिकामा १८ लाख ६२ हजार २ सय ५८, रुसमा ७ लाख ३१ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २६ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने १ सय ५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार ६ सय ८२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४९ हजार ८ सय ८० पुगेको छ। भारतमा हालसम्म १८ लाख ६२ हजार २ सय ५८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८८ हजार ७ सय १७ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय ६८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६५ हजार ६ सय २४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ९३ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ७० रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ४९ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ५८ हजार ९ सय ५० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५ सय ९६ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७५ जनाको मृत्यु भइसकेको छ भने २७ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १३८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०२ छ।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ७ सय ८५ रहेको छ। मृत्यु हुनेको संख्या २२ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार ३ सय ४९ पुगेको छ ।