काठमाडौं– गण्डकी प्रदेशमा थप ४ जना नयाँ संक्रमित थपिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएका छ।
संक्रमित मध्ये कास्कीका १ पुरुष, नवलपुरका १ पुरुष, स्याङजा एक पुरुष र एक महिला रहेका छन्।
यो सँगै गण्डकी प्रदेशमा १ हजार ७ सय ३९ पुगेको छ।
गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशमा १ सय ८४ जना आइसोलेसनमा रहेका छन् भने हालसम्ममा क्वारेन्टाइनमा रहेकाको संख्या १ हजार १ सय ५० पुगेको छ।