काठमाडौं- गण्डकी प्रदेशमा थप ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेेशका तीन जिल्लाका ८ जनामा संक्रमण देखिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ४, नवलपुरका २ र बाग्लुङका २ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित प्रदेशमा कुल संक्रमितको संख्या १७६४ पुगेको छ।