काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड १८ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड १८ लाख २६ हजार ३ सय ९७ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५४ लाख ३८ हजार ३ सय २५ पुगेको छ। त्यस्तै ब्राजिलमा ३३ लाख ५९ हजार ५ सय ७०, भारतमा २७ लाख २ हजार ६ सय ८१ र रुसमा ९ लाख २५ हजार ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ७३ हजार ४ सय ५२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७० हजार ४ सय ९३, ब्राजिलमा १ लाख ८ हजार ५ सय ३६, मेक्सीकोमा ५७ हजार २३ ,बेलायतमा ४१ हजार ४ सय ५४ , इटालीमा ३५ हजार ४ सय जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ३८ लाख ७ हजार १ सय ६३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २६ लाख ९९ हजार ८०,अमेरिकामा १८ लाख ६५ हजार ५ सय ८०,रुसमा ७ लाख ३४ हजार ५ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २७ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् भने १ सय ९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २६ लाख ४७ हजार ६ सय ६३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५० हजार ९ सय २१ पुगेको छ। भारतमा हालसम्म १९ लाख १९ हजार ८ सय ४२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८९ हजार २ सय १५ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय ७५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६९ हजार ८७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय ४४ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ६ सय ९४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ६० हजार ५ सय ९१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५ सय ९९ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७५ जनाको मृत्यु भइसकेको छ भने २७ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ९ सय ९ जना रहेको छ। मृत्यु हुनेको संख्या २३ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार ४ सय ८८ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९सय जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ७६ रहेको छ।
भुटानमा संक्रमितको संख्या १४१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०३ छ।