दीपा पौडेल
प्युठान- आर्थिक अभावका कारण उपचार गराउन नसकि छटपटिएका मल्लरानी गाउँपालिका-१ अरबाङ प्युठान निवासी शंकर परियारको विभिन्न सहयोगी दाताहरुको सहयोगमा टिचिङ हस्पिटल काठमाडौंमा शल्यक्रिया भएको छ।
विभिन्न दाताहरुको सहयोगमा संकलन भएको रकमबाट आइतबार उनको शल्यक्रिया भएको बिरामी शंकर परियारका दाजु सागर परियारले जानकारी दिए। शंकर परियारको बिषयमा
स्वास्थ्यखबरमा समाचार प्रकाशन भएपछि विभिन्न दाताहरुको सहयोगमा उनको उपचार सम्भव भएको हो।
गाउँ नै सहयोगमा जुट्यो
आफ्नै छिमेकी वडाको १५ वर्षीय किशोरको उपचार नभएको समाचार देखेपछि मल्लरानी गाउँपालिका- २ का समाजसेवी यम बहादुर केसीको नेतृत्वमा रु ५१ हजार ४ सय ५६ रुपैयाँ संकलन भएको छ। 'छिमेकी वडाको भाइको अवस्थाको विषयमा समाचार पढेँ,' यम बहादुर केसीले भने, 'पैसाको अभावले मर्न त दिन हुन्न भन्ने लाग्यो छिमेकी भाइ जुमान सिंह नेपाली, बल बहादुर केसीलाई भनेर गाउँभरिबाट सक्दो सहयोग उठाउन लागेर सहयोग गरेको हो।' मल्लरानी गाउँपालिका २ का ६० जनाले सहयोग गरेका छन्।
संस्थाको पनि सहयोग
गरिबीका कारण उपचार गराउन नसक्ने शंकरको अवस्थाको विषयमा समाचार पढेपछि प्युठान नगरापालिका-८ मा रहेको नेपाली जनसेवा संस्थाले सहयोग गरेको छ।
संस्थाका संस्थापक अध्यक्ष मिठ्ठु पुरीले एघार हजार रुपैयाँ सहयोग गरेको बताए। संस्थाको टोली बिजुवार जुम्रीमा आएर रकम हस्तान्तरण गरेका हुन्। संस्थाका अध्यक्ष मिठ्ठु पुरी, उपाध्यक्ष कृष्ण दसौदी, सचिव तिलोचन थापा, सह सचिव भिष्म सुवेदी, कोषाध्यक्ष विजय महतरा त्यस्तै सदस्यहरु मिठा महतरा, दुर्योधन सुवेदी, गंगा शिवभक्ति, बलाराम सुवेदी, जगत महतरा, विजय बसेल, लंक बहादुर महतरा, इन्द्र बहादुर महतरा, सञ्जय जिसी र सुरज थापाले सहयोग गरेका हुन।
तीज खर्च कटाएर सहयोग
सुर्योदय लद्युबित्त बित्तिय संस्था शाखा कार्यालय खनदह अर्घाखाँचीको शाखा प्रमुख सुशिला केसीले तीज खर्च कटाएर शंकरको उपचारमा सहयोग गरेकी छिन।
जन्म दिनमा सहयोग
मल्लरानी गाउँपालिका३ मुन्डाँडा प्युठान निवासी पदम परियारको जन्म साउन २६ गते हो। हाल रोजगारको शिलशिलामा साउदी अरब बस्दै आएका परियारले शंकरको बिषयमा समाचार पढेपछि जन्मदिन मनाउन खर्च हुने रकमबाट तीन हजार सहयोग गरेका छन्।