काठमाडौं- भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा ५० जना कोरोना संक्रमित थपिएका छन्।
३ सय ५ जनामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पोजेटिभ आएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमित हुनेमा भरतपुरका ४ महिला, राप्तीका ४० पुरुष र २ महिला गरी ४२, हेटौँडाका १ महिला, बाराका १ महिला १ पुरुष गरी २, गोरखाका १ महिला रहेका छन्।
