काठमाडौं– कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
दैलेख अस्पताल दैलेखमा दैलेखका ५ र चैरजहारी नगरपालिका पिसिआर प्रयोगशाला गरिको परीक्षणमा रुकुम पश्चिमका १ जना गरी ६ जनामा कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय जानकारी दिएको छ।
संक्रमित मध्ये २ महिला र ४ पुरुष रहेका छन् यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ हजार ८७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमणमृक्त हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।
कर्णाली प्रदेशमा १ सय ४९ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचारत भने हालसम्म ६ जनाको मृत्यु भएको भएको छ।
