काठमाडौं- पछिल्लो २४ घन्टामा थप ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा हालसम्म १७ हजार ५ सय ८० उपचारपछि निको भएका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ४ जिल्लामा संक्रमित शून्य भएका छन्।
आज १३ हजार ४ सय ६१ जनाको पिसिआर टेस्ट भएको छ। हालसम्म ५ लाख ८२ हजार ८ सय ६६ जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार १३ हजार ९ सय २६ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ। हालसम्म नेपालमा १ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १११३
प्रदेश २– ३७४२
बागमती प्रदेश– ७१८
गण्डकी प्रदेश– १५५०
प्रदेश ५– ४२८९
कर्णली प्रदेश– १९५७
सुदूरपश्चिम प्रदेश– ४२११