काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा हालसम्म १७ हजार ७ उपचारपछि निको भएका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ४ जिल्लामा संक्रमित शून्य भएका छन्।
आज ११ हजार ५ सय २२ जनाको पिसिआर टेस्ट भएको छ। हालसम्म ५ लाख ५४ हजार ३ सय ८८ जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।
मन्त्रालयका अनुसार १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ। मन्त्रालयका अनुसार २४ घन्टामा ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा १ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १११४
प्रदेश २– ३७९३
बागमती प्रदेश– ७२४
गण्डकी प्रदेश– १५६८
प्रदेश ५– ४२९०
कर्णली प्रदेश– १९६१
सुदूरपश्चिम प्रदेश– ४२२०