काठमाडौं– कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर बुधबार ३ हजार १ सय ३१ जना संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा २ हजार ५ सय ४५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १मा २०५, प्रदेश ५ मा २०४ ,बाग्मती प्रदेशमा १११, सुदूरपश्चिम प्रदेशमा २८, गण्डकी प्रदेशमा २७ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा ११ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तंथ्याक छ।