काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी दैनिक रिर्पोटिङ गर्न सबै हब अस्पतालहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले एक सूचना जारी गरी भदौ ७ देखि कोरोनाको दैनिक रिर्पोटिङ गर्न सबै हब अस्पतालहरुलाई निर्देशन दिएको हो।
एसएमआइएस को कोभिड १९ पेन्डामिक रिर्पोटिङ एण्ड सर्भिसेस युटिलाइजेशनको एप मा कोभिड १९ को रिर्पोटिङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।
लक्षण भएका संक्रमितको व्यवस्थापन सहज रुपमा गर्न अस्पतालहरुले रिर्पोटिङ कार्यलाई अझ व्यवस्थित र सहजीकरण गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।