काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २५ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २५ लाख ९३ हजार ३ सय ६३ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५५ लाख ७३ हजार ५ सय १ पुगेको छ। त्यस्तै ब्राजिलमा ३५ लाख १ हजार ९ सय ७५,भारतमा २८ लाख ३६ हजार ९ सय २५ र रुसमा ९ लाख ३९ हजार ८ सय ३३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ९२ हजार ४ सय ७५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७४ हजार २ सय ४८, ब्राजिलमा १ लाख १२ हजार ३ सय ४, मेक्सीकोमा ५९ हजार १ सय ६ ,बेलायतमा ४१ हजार ४ सय ८९ , इटालीमा ३५ हजार ४ सय १८ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ४४ लाख ५४ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २८ लाख ३६ हजार ९ सय ५०,अमेरिकामा १९ लाख ४७ हजार ३५,रुसमा ७ लाख ५३ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २९ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार २ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने १ सय २६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५३ हजार ८ सय ६६ पुगेको छ। भारतमा हालसम्म २० लाख ९६ हजार ६ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९० हजार ९ सय ५८ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७२ हजार ८ सय ४ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ९ सय ५९ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ६८ हजार ९ सय ९१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ८ सय ५६ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ भने २७ हजार ६ सय ८१ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ६ हजार ३ सय ७० जना रहेको छ। मृत्यु हुनेको संख्या २४ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार ९ सय १५ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय १८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७ सय ६५ रहेको छ।
भुटानमा संक्रमितको संख्या १५० पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०५ छ।