काठमाडौं- कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार देशभर शुक्रबार ३ हजार ५ सय ८६ जना संक्रमित होम आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश २ मा २ हजार ८ सय ९७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २६८, प्रदेश ५ मा २४२,बाग्मती प्रदेशमा १११, सुदूरपश्चिम प्रदेशमा २३, गण्डकी प्रदेशमा २७ र सबैभन्दा थोरै कर्णाली प्रदेशमा १८ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ।
त्यस्तै बिहीबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना संक्रमित होम आइसोलेसनमा थिए।