काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २८ लाख नाघेको छ। शनिबारबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २८ लाख ६८ हजार ३ सय ४२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५६ लाख २० हजार ५ सय १३ पुगेको छ। त्यस्तै ब्राजिलमा ३५ लाख ३२ हजार ३ सय ३०,भारतमा २९ लाख ५ हजार ८ सय २५ र रुसमा ९ लाख ४४ हजार ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ९७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ९७ हजार २ सय ४८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७५ हजार ३ सय ८, ब्राजिलमा १ लाख १३ हजार ३ सय ५८, मेक्सीकोमा ५९ हजार १ सय ६ ,बेलायतमा ४१ हजार ४ सय ९१ , इटालीमा ३५ हजार ४ सय २७ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ४६ लाख २९ हजार ८ सय ३१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २८ लाख ५५ हजार ५ सय ५८,अमेरिकामा १९ लाख ६५ हजार ५६,रुसमा ७ लाख ५९ हजार ६ सय ३९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १८ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् भने १ सय ३७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २९ लाख ५ हजार ८ सय २५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५४ हजार ८ सय ४९ पुगेको छ। भारतमा हालसम्म २१ लाख ५८ हजार ९ सय ४६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९१ हजार ५ सय ८८ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय १९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७३ हजार ५ सय ७९ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ९० हजार ३ सय ६० पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ७२ हजार ६ सय १५ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ८ सय ९४ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ भने २८ हजार १६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ६ हजार ५ सय ६४ जना रहेको छ। मृत्यु हुनेको संख्या २६ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार १२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ४१ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७ सय ८९ रहेको छ।
भुटानमा संक्रमितको संख्या १५३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०८ छ।