काठमाडौं- गण्डकी प्रदेशमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
प्रदेश क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा ११ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
संक्रमितमध्ये कास्कीका ३, बाग्लुङका १, तनहुँका २, स्याङजाका २, नवलपरासी पूर्वका ३ जना रहेको स्वास्थ्य निर्देशनालय,गण्डकी प्रदेशले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८ सय ५५ पुगेको छ।
त्यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा ३३ जना नयाँ संक्रमित थपिएका छन्। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीका अनुसार २ सय ७० सय वटा नमुना परीक्षण गरिएकोमा ३३ जनामा कोरोना पोजेटिभ आएको हो।
संक्रमित हुनेमा चितवनका १६, मकवानपुरका ७, बारा २, बाँके ५ जना रहेका छन्।