काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ३१ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ३१ लाख ३० हजार ३ सय ४५ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५६ लाख ६६ हजार १ सय २१ पुगेको छ। त्यस्तै ब्राजिलमा ३५ लाख ८२ हजार ३ सय ६२,भारतमा २९ लाख ७५ हजार ७ सय १ र रुसमा ९ लाख ४९ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ३ हजार ३ सय ९७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७६ हजार ३ सय ४०, ब्राजिलमा १ लाख १४ हजार २ सय ५०, मेक्सीकोमा ६० हजार २ सय ५४, बेलायतमा ४१ हजार ५ सय ९ , इटालीमा ३५ हजार ४ सय ३० जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ४८ लाख ४८ हजार ५ सय ५६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २९ लाख १३ हजार ९ सय ६६, अमेरिकामा १९ लाख ८५ हजार ४ सय ४८, रुसमा ७ लाख ६५ हजार ७ सय ५४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् भने १ सय ४८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २९ लाख ७५ हजार ७ सय १ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ। भारतमा हालसम्म २२ लाख २२ हजार ५ सय ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९२ हजार १ सय ७४ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ३१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७५ हजार ३ सय १७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार ६ सय २५ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ९ सय ७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ७५ हजार ५ सय ६७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ९ सय ५३ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ भने २८ हजार १६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ६ हजार ६ सय ६० जना रहेको छ। मृत्यु हुनेको संख्या २६ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार १ सय १३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ४७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ७ सय ९८ रहेको छ।
भुटानमा संक्रमितको संख्या १५४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ११० छ।