काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ सय ८१ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा १८ हजार ६ सय ३१ संक्रमित उपचारपछि निको भएका छन्। मुस्ताङ, म्याग्दी र हुम्ला गरी ३ जिल्लामा संक्रमित शून्य भएका छन्।
आइतबार ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ४ हजार ४४ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।
मन्त्रालयका अनुसार ११ हजार ४ सय ४४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा १ सय ४९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १२८०
प्रदेश २– ४१९४
बागमती प्रदेश– ७६७
गण्डकी प्रदेश– १६१०
प्रदेश ५– ४४२३
कर्णाली प्रदेश– १९७७
सुदूरपश्चिम प्रदेश– ४३८०