काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ३३ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ३३ लाख ४८ हजार ८१ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५७ लाख १ हजार ५ सय ५७ पुगेको छ। त्यस्तै ब्राजिलमा ३६ लाख ५ हजार ७ सय ८३, भारतमा ३० लाख ४४ हजार ९ सय ४० र रुसमा ९ लाख ५४ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ७ हजार ३ सय ८३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७६ हजार ७ सय ९७, ब्राजिलमा १ लाख १४ हजार ७ सय ४४, मेक्सीकोमा ६० हजार ४ सय ८०, बेलायतमा ४१ हजार ५ सय १५ , इटालीमा ३५ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ५० लाख ६१ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २९ लाख ४७ हजार ७ सय ८४, अमेरिकामा १९ लाख ९७ हजार ७ सय ६१, रुसमा ७ लाख ६८ हजार ९ सय ६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३१ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १८ हजार ६ सय १ जना संक्रमणमुक्त भएका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३० लाख ४४ हजार ९ सय ४० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५६ हजार ७ सय ६ पुगेको छ। भारतमा हालसम्म २२ लाख ८० हजार ५ सय ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९२ हजार ७ सय ६५ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ३५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७५ हजार ८ सय ३६ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ५ सय ९८ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ७९ हजार ९१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ९ सय ९९ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ भने २८ हजार १ सय ८० जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ६ हजार ७ सय ७९ जना रहेको छ। मृत्यु हुनेको संख्या २६ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार २ सय २२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ५३ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ५ रहेको छ।
भुटानमा संक्रमितको संख्या १५५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ११२ छ।