काठमाडौं- ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेस्ट सेवा सुरु भएको छ।
मेडिसिटीमा दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा गोपी अर्यालले बताए।
विगत केही महिनादेखिको प्रयासपछि मेडिसिटीमा जडित पिसिआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई सरकारले मान्यता प्रदान गरेको हो।
स्वाब संकलन गरिएको २४ घन्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा अर्यालले जानकारी दिए। ओपिडीमार्पmत आउने र भर्ना भएका बिरामीका लागि पिसिआर टेस्ट गर्ने संयन्त्र फरक रहेको उनले बताए।
साथै, विदेशी नियोग, वैदेशिक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेस्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए।