काठमाडौं- कोरोना सन्त्रा स बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।
स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, सञ्चारकर्मीको संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहसहित काठमाडौं जोरपाटीमा सम्पन्न प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको बताए।
उनीहरुले स्वास्थ्यकर्मीको कर्मप्रति प्रशंसा गर्दै यस्तो संवेदनशील क्षेत्रमा कार्यरतहरुको सदैव सबैले सम्मान र सहयोग गर्न आग्रह गरेका थिए। प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता थियोस्वास्थ्यकर्मीहरुमाथि बढ्दो दुव्र्यब हारको विरोधमा शान्ति समा जद्धारा प्रदर्शन ।