काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ सय ७५ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसँगै नेपालमा १८ हजार ८ सय ६ संक्रमित उपचारपछि निको भएका छन्। मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।
सोमबार १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख १० हजार ४सय ६९ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।
मन्त्रालयका अनुसार ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३ जना महिला र ५ जना पुरुष गरि ८ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा १ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १२८३
प्रदेश २– ४२४३
बागमती प्रदेश– ७७५
गण्डकी प्रदेश– १६१७
प्रदेश ५– ४५२६
कर्णाली प्रदेश– १९८२
सुदूरपश्चिम प्रदेश– ४३८०