काठमाडौं- कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार सोमबार देशभर ४ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश २ मा ३ हजार ५ सय जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश ५ मा २९८, प्रदेश १ मा २७३, बागमती प्रदेशमा ४३५, सुदूरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा २१ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ।
होम आइसोलेनसमा बस्नेको संख्या आइतबार ३ हजार ९ सय ४३, शनिबार ३ हजार ९ सय १६, शुक्रबार ३ हजार ५ सय ८६, बिहीबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना थियो।