काठमाडौं– कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार मंगलबार देशभर ५ हजार ६ सय ६९ जना संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार ६ सय २७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा १ हजार ३ सय ८९,प्रदेश १मा २९६, प्रदेश ५मा २७८ सुदूरपश्चिम प्रदेशमा ३९, कर्णाली प्रदेशमा २१ र सबै भन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ।
होम आइसोलेनसमा बस्नेको तथ्यांक सोमबार ४ हजार ५ सय ६१, आइतबार ३ हजार ९ सय ४३, शनिबार ३ हजार ९ सय १६, शुक्रबार ३ हजार ५ सय ८६, बिहीबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना थियो।