काठमाडौं- ललितपुरमा मंगलबार राती ८ बजेसम्म ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २७ जना पुरुष र १८ महिलामा कोरोना पोजिटिभ देखिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी ललितपुर महानगरपालिकामा १७ पुरुष र १३ महिला गरी ३० जनामा संक्रमण देखिएको छ।
महालक्ष्मी नगरपालिकामा ११ र गोदावरी नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
ललितपुरमा हालसम्म ५३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।