काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ३८ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ३८ लाख २१ हजार १ सय ८१ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५७ लाख ७७ हजार ३सय ४ पुगेको छ। त्यस्तै ब्राजिलमा ३६ लाख ६९ हजार ९ सय ९५, भारतमा ३१ लाख ६७ हजार ३ सय २३ र रुसमा ९ लाख ६३ हजार ६सय ५५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख १७ हजार ३ सय ७३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ७८ हजार ४ सय ६५, ब्राजिलमा १ लाख १६ हजार ५ सय ८०, मेक्सीकोमा ६० हजार ८ सय, बेलायतमा ४१ हजार ५ सय ३५ , इटालीमा ३५ हजार ४ सय ४५ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ५४ लाख ७९ हजार ५ सय ३९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३० लाख २८ हजार ९ सय १२, अमेरिकामा २० लाख ५३ हजार ६ सय ९९, रुसमा ७ लाख ७७ हजार ९ सय ६० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३३ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १९ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् भने १ सय ६४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३१ लाख ६७ हजार ३ सय २३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५८ हजार ३ सय ९० पुगेको छ। भारतमा हालसम्म २४ लाख ४ हजार ५ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९३ हजार ७ सय ११ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७८ हजार ४ सय २५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ९९ हजार ६ सय २८ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार २८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ८६ हजार ७ सय ५६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ७० पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ९७ जनाको मृत्यु भइसकेको छ भने २८ हजार ४ सय ४० जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ७ हजार ४७ जना रहेको छ। मृत्यु हुनेको संख्या २८ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार ४ सय ३९ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ७१ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय १६ रहेको छ।
भुटानमा संक्रमितको संख्या १५६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ११७ छ।