काठमाडौं– धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
भक्तपुरकी ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार राती ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकरी दिए।
उनी श्वासप्रस्वास सम्बन्धि समस्या लिएर अस्पतालमा भर्ना भएकी थिइन्।
डा ताम्राकारका अनुसार उनको तीन दिन अगाडी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो।
मृत्यु भएकी संक्रमित मुटुको बिरामी पनि थिइन्।