काठमाडौं - नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हालसम्म २७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
तीन चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालले जनाएको छ। स्वास्थ्यकर्मी संक्रमित भएपनि थप सावधानी अपनाउँदै सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ।
यस अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका १ सय ८९ जना बिरामीले आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनीहरुमध्ये पिसिआर परीक्षण गर्दा ५५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। लक्षण भएका संक्रमितहरुको संख्या बढ्दै गएपछि उपचार थप जटिल बन्दै गएको अस्पतालले जनाएको छ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोनाका शंकास्पद व्यक्तिका लागि ५० शय्याको आइसोलेसन र संक्रमितका लागि १ सय शय्याको आइसोलेसन वार्ड छुट्याएको छ।
यस अस्पतालले हालसम्म कोरोना संक्रमित दुई महिलाको शल्यक्रिया मार्फत सुत्केरी सेवा समेत प्रदान गरेको छ।
