काठमाडौं– देशभरी संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार बिहीबार देशभर ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ८ सय ४ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बागमती प्रदेशमा मा १ हजार ५ सय २८, प्रदेश ५ मा ४०७, प्रदेश १ मा ३७७ सुदूरपश्चिम प्रदेशमा ४९, कर्णाली प्रदेशमा २७ र सबै भन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ।