काठमाडौं- सरकारले स्वास्थ्य सेवाका ४ जनालाई ११औं तहमा बढुवा गरेको छ।
मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगबाट सिफारिस भएका डा रश्मि शर्मा, डा वर्षा थापा र लिली श्रेष्ठलाई बढुवा गरेको हो।
यसका साथै नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूहका भरत भट्टराईलाई पनि एघारौं तहमा बढुवा गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय भएको छ।