काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ४३ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ४३ लाख ५६ हजार ६ सय १९ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५८ लाख ६३ हजार ३ सय ६३ पुगेको छ। त्यस्तै ब्राजिलमा ३७ लाख ६१ हजार ३ सय ९१,भारतमा ३३ लाख १० हजार २ सय ३४ र रुसमा ९ लाख ७२ हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख २९ हजार ८ सय ६१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८० हजार ५ सय ९५, ब्राजिलमा १ लाख १८ हजार ६ सय ४९, मेक्सीकोमा ६२ हजार ५ सय९४, बेलायतमा ४१ हजार ५ सय ६४ , इटालीमा ३५ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ५९ लाख २१ हजार ७ सय १९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३१ लाख २२ हजार ८ सय ४६, अमेरिकामा २१ लाख १ हजार ३ सय २६, रुसमा ७ लाख ९० हजार ६ सय २९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३४ हजार ५ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् भने १ सय ८३ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३३ लाख १० हजार २ सय ३४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६० हजार ४ सय ७२ पुगेको छ। भारतमा हालसम्म २५ लाख २३ हजार ७ सय ७१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९४ हजार ६ सय ३८ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ७४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७९ हजार ५ सय ६१ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४ हजार ५ सय ८३ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार १ सय २७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ९३ हजार ४ सय ५८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार १ सय १३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय १ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ४२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ७ हजार ३ सय २९ जना रहेको छ। मृत्यु हुनेको संख्या २८ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार ६ सय ९१ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ८६ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ३० रहेको छ।
भुटानमा संक्रमितको संख्या १८३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ११८ छ।