काठमाडौं- सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो। चौधरीले ट्विटमार्फत् कोरोना संक्रमण भएको बताएका हुन्। उनलेे आफूलाई कुनै लक्षण भने नदेखिएको उल्लेख गरेका छन्।
उनलेे आफू चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको पनि बताएका छन्। नेपाली कांग्रेसका सांसद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्।