काठमाडौं- चितवनको पुष्पाञ्जली अस्पतालमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर–१० स्थित उक्त अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको आज शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यसअघि आजै धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा २ जना, भक्तपुरको नागरिक सामुदायिक अस्पतालमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र लुम्बिनी प्रादेशिक अस्पतालमा १ गरी ५ जनाको मृत्यु भइसकेकोछ ।