काठमाडौं- देशभरि संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ६ हजार ४ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ८ सय ६२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बागमती प्रदेशमा मा १ हजार ६ सय १६, प्रदेश ५मा ४५६, प्रदेश १ मा ४२२ सुदूरपश्चिम प्रदेशमा ४९, कर्णाली प्रदेशमा २७ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।