काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ४६ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ४६ लाख ४४ हजार ९ सय ५१ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५९ लाख १३ हजार ५ सय २७ पुगेको छ। त्यस्तै ब्राजिलमा ३८ लाख ४ हजार ८ सय ३, भारतमा ३३ लाख ८७ हजार ५सय र रुसमा ९ लाख ७७ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ३५ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ३५ हजार ६ सय ६५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८१ हजार ७ सय ७२, ब्राजिलमा १ लाख १९ हजार ५ सय ४, मेक्सीकोमा ६३ हजार १ सय ४६, बेलायतमा ४१ हजार ५ सय ७३ , इटालीमा ३५ हजार ४ सय ७२ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ६१ लाख १३ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३१ लाख ५४ हजार ९ सय ३७, अमेरिकामा २१ लाख १८ हजार ३ सय ६७, रुसमा ७ लाख ९६ हजार ४ सय ९८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३६ हजार ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने १ सय ९५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३३ लाख ८७ हजार ५ सय पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६१ हजार ५ सय २९ पुगेको छ। भारतमा हालसम्म २५ लाख ८३ हजार ९ सय ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९५ हजार ५३ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ८३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७९ हजार ९ सय ३७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार १ सय ७४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ९६ हजार ८ सय ३६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार १ सय ४० पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ५९ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ७ हजार ४ सय ६९ जना रहेको छ। मृत्यु हुनेको संख्या २८ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार ८ सय ७३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ८९ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ४२ रहेको छ।
भुटानमा संक्रमितको संख्या १८४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ११९ छ।