काठमाडौं - अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले बाराको एक स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ।
बाराको सुवर्ण गाउँपालिकाको फुलबरिया स्वास्थ्य चौकीमा कार्यरत सुनिल गुप्ता माथि प्रहरीले कुटपिट गरेको भन्दै संगठनले कारबाहीको माग गरेको हो। कामको शिलशिलामा बाटोमा हिडिरहेको बेला बाराको लक्षमनवामा प्रहरीले कुटपिट गर्दा उनको शरीरमा चोट लागेको संगठनले जनाएको छ।
स्वास्थ्यकर्मी माथि पटक पटक दुव्र्यवहार तथा कुटपिट हुँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कदम नउठाएको भन्दै संगठनले आपत्ति समेत जनाएको छ।
यस किसिमको घटना दोहोरिन नदिन स्वास्थ्य क्षेत्रमा क्रियाशिल सबै ट्रेड युनियटन तथा पेशागत संघ संगठनरुले मन्त्रालयमा ज्ञापनपत्र बुझाएपनि दोषि माथि कारबाही हुन नसकेको उनीहरुले बताएका छन्। स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने प्रहरीलाई तत्काल कानूनी कारबाहीमा ल्याउन संगठनले माग गरेको छ।