काठमाडौं– देशभरी संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। देशभरका १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित मध्ये ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ८ सय ४७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बागमती प्रदेशमा मा १ हजार ६ सय ३२, प्रदेश १मा ४ सय २७, प्रदेश ५मा ३८९, सुदूरपश्चिम प्रदेशमा ११५, गण्डकी प्रदेशमा १८ र कर्णाली प्रदेशमा १७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।