काठमाडौं- सरकारले यसै आर्थिक वर्षबाट नवजात शिशुलाई भिटामिन 'के' को सुइ दिने भएको छ।
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले यसै वर्षबाट भिटामिन 'के' को सुई सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए।
यो भिटामिन 'के' को सुइ नवजात शिशुहरुलाई दिइनेछ। यो सुई लगाएपछि बालबालिकालाई घाउचोटपकबाट हुने रक्तश्रावलाई रोक्ने डा गौतमले जानकारी दिए।
खोप खरीदका लागि प्रदेशस्थित आपूर्ति केन्द्रमा बजेट पठाइसकेको डा गौतमले जानकारी दिए। उनले प्रदेश आपूर्ति केन्द्रलाई खरीद गरी जिल्ला र मातहतका कार्यालयमा पठाइदिन अनुरोध गरे।