पूर्ण बहादुर खड्का
जिल्ला स्थित न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
अस्पतालका निर्देशक डाक्टर विकाश गौचनका अनुसार २० जनामा कुनै कोरोना सम्बन्धी लक्षण नदेखिएको र सरकारको प्रोटोकल अनुसार ११ दिन आइसोलेसनमा बसेपछि डिस्चार्ज गरिने छ।
डा गौचनेले अस्पतालको सेवा पुन: सुरु गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
शनिबार अस्पतालका थप २ जनामा कोरोना संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित २ जनामा कोरोनाको संक्रमण देखिएको हो।
सेती प्रादेशिक प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार अस्पतालका २ जनामा कोरोना पुष्टि भएको डा गौचनले बताए।
यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु मध्ये एक जना एक हप्ता पहिले नै कोरोनाको संक्रमण देखिएका थिए। त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो। सबै २१ जना संक्रमितमध्ये एक जना पहिले नै निको भएर घर फर्किसकेका छन्।