काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ४८ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ४८ लाख ९१ हजार २ सय ९४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५९ लाख ४८ हजार ४ सय २६ पुगेको छ। त्यस्तै ब्राजिलमा ३८ लाख ४६ हजार १ सय ५३, भारतमा ३४ लाख ६३ हजार ९ सय ७२ र रुसमा ९ लाख ८२ हजार ५ सय ३० ७३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ४१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ४१ हजार ५ सय ७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८२ हजार ७ सय ५२, ब्राजिलमा १ लाख २० हजार २ सय ६२, मेक्सीकोमा ६३ हजार ८ सय १९, बेलायतमा ४१ हजार ५ सय ८५ , इटालीमा ३५ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ६३ लाख २७ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३१ लाख ९९ हजार २ सय ६, अमेरिकामा २१ लाख ४० हजार ६ सय १४, रुसमा ८ लाख २ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३७ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २० हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने २ सय ७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३४ लाख ६३ हजार ९ सय ७२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६२ हजार ५ सय ५० पुगेको छ। भारतमा हालसम्म २६ लाख ४८ हजार ९ सय ९८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९५ हजार ३ सय ७२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ८४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८० हजार ३ सय ४० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय २५ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार २ सय ६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ९८ हजार ८ सय ६३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार १ सय ४३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ६३ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ७ हजार ५ सय ७८ जना रहेको छ। मृत्यु हुनेको संख्या २८ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार ९ सय २५ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ९५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ४९ रहेको छ।
भुटानमा संक्रमितको संख्या १९५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १३५ छ।