काठमाडौं- लोकगायक प्रेमराजा महतका दम्पति कोरोना संक्रमणबाट निको भएका छन्। अमेरिकामा रहेका महतले सामाजिक सञ्जालमार्फत् संक्रमणमुक्त भएको जानकारी गराएका हुन्।
प्रेमराजा र उनकी पत्नि कवितालाई तीन साता अघि कोरोना संक्रमणको पुष्टि भएको थियो। त्यसपछि उनीहरु आफ्नै घरमा आइसोलेसनमा बसेका थिए।
निको भएपछि सामाजिक सञ्जालमार्फत् सन्देश दिने क्रममा महतले कोरोनालाई सानो रोगका रुपमा नलिन सबैलाई अनुरोध गरेका छन्। स्वास्थ्यकर्मी र डब्ल्युएचओले दिएका सरसल्लाह तथा नियम पालना गर्न उनले सुझाव दिएका छन्। साथै, संक्रमण भएमा नलुकाउन पनि आग्रह गरेका छन्।