काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।
सोसाइटीको आठौँ कार्यसमितिको निर्वाचनमा ५ जना कार्यसमितिमा र ८ जना सदस्यमा निर्विरोध चयन भएका हुन्।
कार्यसमितिको अध्यक्षमा मानसिक रोग विभागका डा राजेन्द्र घिमिरे, उपाध्यक्षमा प्रोस्थोडोन्डिक्स एण्ड क्राउन ब्रीज विभागका डा पदम नेपाली, महासचिव जेनरल प्राक्टिस इमर्जेन्सी मेडिसिन विभागका डा गणेश फुलारा, सहसचिव पदमा कन्जरभेटिभ डेन्टिस्ट्री तथा इन्डोडोन्टिक्स विभागका डा पूर्ण प्रसाद शर्मा, कोषध्यक्षमा नाक, कान, घाँटी विभागका डा राजन मुल्मी निर्विरोध चयन भएका छन्।
यस्तै, सदस्यहरुमा डा अमन ठाकुर, डा अनिल तिमिल्सिना, डा चिरञ्जीवी पटेल, डा गौरव साह, डा नरोत्तम झा, डा राकेश वर्मा, डा सुमन लोहनी र डा शिरिष सिलवाल चयन भएका छन्।
