अछाम- कमलबजार नगरपालिकास्थित कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि प्रारविधिक समस्याका कारण बन्द भएको एक्स-रे सेवा उपकरणमा सुधार गरिएपछि पुनः सञ्चालनमा आएको हो।
‘उपकरणमा आएको समस्याले एक्स-रे मेसिन सञ्चालन गर्न सकि एको थिएन,’ प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका मेडिकल अधिकृत डा गुञ्जन कुमार साहले भने, ‘अब मर्मत गरिएसँगै नियमित रुपमा सञ्चालन हुनेछ।’
एक्स-रे सेवा सञ्चालन भएपछि पूर्वी अछामका जनतालाई सहज हुने भएको छ। कमलबजार सहित बिनायक पञ्चदेवल, तुर्माखाँद तथा ढकारी क्षेत्रका जनतालाई नजिकै सेवा लिन सहज हुने डा साहले बताए।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा नहुँदा त्यस क्षेत्रका जनताले जिल्ला अस्पताल र बयलपाटा अस्पताल जानुपर्ने बाध्यता रहेको थियो।