काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार देशभरका १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित मध्ये ६ हजार ९ सय ६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार ९ सय २ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा १ हजार ९ सय ५०, प्रदेश १ मा ४ सय ९०, प्रदेश ५मा ४८०, सुदूरपश्चिम प्रदेशमा ४९, गण्डकी प्रदेशमा १८ र कर्णाली प्रदेशमा १७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।