काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ५१ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ५१ लाख ३२ हजार ३ सय २० जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५९ लाख ९४ हजार ८ सय ५५ पुगेको छ। त्यस्तै ब्राजिलमा ३८ लाख ६२ हजार ३ सय ११,भारतमा ३५ लाख ४२ हजार ७ सय ३३ र रुसमा ९ लाख ८७ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ४५ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ४५ हजार ५२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८३ हजार ४५, ब्राजिलमा १ लाख २० हजार ८ सय २८, मेक्सीकोमा ६४ हजार १ सय ५८, बेलायतमा ४१ हजार ५ सय ८६, इटालीमा ३५ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ६५ लाख ४४ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३२ लाख ३६ हजार ७ सय २३, अमेरिकामा २१ लाख ५३ हजार ९ सय ३९, रुसमा ८ लाख ४ हजार ९ सय ४१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३८ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २० हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् भने २ सय २१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३५ लाख ४२ हजार ७ सय ३३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६३ हजार ४ सय ९८ पुगेको छ। भारतमा हालसम्म २७ लाख १३ हजार ९ सय ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९५ हजार ६ सय ३६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ८८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८० हजार ५ सय ४७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख १० हजार ८ सय २२ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार २ सय ६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख १ हजार ९ सय ७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार १ सय ६२ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ८९ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ७ हजार ६ सय ६७ जना रहेको छ। मृत्यु हुनेको संख्या २८ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ३६ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ६० रहेको छ।
भुटानमा संक्रमितको संख्या १९५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १३५ छ।