काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६३औं पटक रक्तदान गरेका छन्।
काेभिड - १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेवा: देय् दबू महालक्ष्मी नगर कचा:द्वारा आयोजित रक्तदान कार्यक्रममा कर्मचार्यले रक्तदान गरेका हुन्।
शनिबार महालक्ष्मी नगरपालिकामा आयोजित रक्तदानमा कर्मचार्यसहित १०७ जनाले रक्तदान गरेका छन्। स्वयंसेवी रक्तदाताहरूलाई फ्रेम सहितकाे प्रमाण-पत्र, सर्वाधिक रक्तदान गर्ने शतक रक्तदाता कर्माचार्यकाे तस्बिर अंकित टि-शर्ट, पञ्जा, सेनिटाईजर, साबुन र मास्क समेत वितरण गरिएकाे थियाे।
रक्तदान कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा मनिता राजकर्णिकार अतिथि र वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्यक्ष बासुदेव महर्जन प्रमुख अतिथि थिए।