काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५८८ व्यक्ति संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर हालसम्म २१ ह्जार २ सय १० जना व्यक्ति संक्रमणमुक्त भएको जानकारी दिए।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ सहित देभभर ८९९ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ३९ हजार हजार४ सय ६० पुगेको छ।